साल्ट ट्रेडिङले सरकारबाट १०१ रुपैयाँमा चिनी किनेर ९७ रुपैयाँमा सुरु गर्याे बिक्री

<p>काठमाडौं । साल्ट टेडिङ कर्पाेरेशनले १०१ रुपैयाँमा चिनी किनेर ९७ रुपैयाँमा बिक्री वितरण सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा शिल गरेको उक्त चिनी कर्पाेरेशनले खरिद गरेर बिक्री सुरु गरेको हो । सरकारबाट खरिद गरेर कर्पाेरेशनले सुपथ मूल्यका पसलमा बिक्री सुरु गरेको हो । विभागले गत असोज ४ गते [&hellip;]</p>

काठमाडौं । साल्ट टेडिङ कर्पाेरेशनले १०१ रुपैयाँमा चिनी किनेर ९७ रुपैयाँमा बिक्री वितरण सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा शिल गरेको उक्त चिनी कर्पाेरेशनले खरिद गरेर बिक्री सुरु गरेको हो ।

सरकारबाट खरिद गरेर कर्पाेरेशनले सुपथ मूल्यका पसलमा बिक्री सुरु गरेको हो । विभागले गत असोज ४ गते बजार अनुगमनका क्रममा कुलेश्वरस्थित गृहेश्वरी ट्रेड लिंकमा ७० हजार किलो चिनी फेला पारेको थियो । व्यापारीले लुकाएर राखेको भेटिएपछि विभागले उक्त गोदाममा छापा मारेको थियो ।

व्यवसायी सन्तोष खेतानको नाममा रहेको उक्त व्यापारिक फर्मले स्वदेशी चिनी उद्योगबाट चिनी खरिद गरी खुद्रा व्यापारीलाई बिलविजकबिना महँगो मूल्यमा बिक्री गर्ने गरेको भन्दै विभागले उक्त गोदाममा शिलबन्दी गरेर कारवाही समेत गरेको थियो ।

विभागले जफत गरेको उक्त चिनी सपथ मूल्यका पसलमा बिक्री गर्नदिने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयको निर्णय अनुसार कर्पाेरेशनले बिक्री सुरु गरेको हो ।

कर्पाेरेशनका सूचना अधिकारी कुमारराज भण्डारीले कर्पाेरेशनसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्यका पसलबाट चिनी बिक्री भएको बताए ।

‘मन्त्रालयको निर्णय अनुसार हामीले ७० हजार किलो चिनी १०१ रुपैयाँमा खरिद गरेर ९७ रुपैयाँमा बिक्री सुरु गरेका हौँ, चाडपर्वका लागि लक्षित गरी सञ्चालन गरिएका सबै सुपथ मूल्यका पसलमा चिनी उपलब्ध छ’, उनले भने ।

कर्पाेरेशनले आफ्ना काउन्टरबाट चिनीको बिक्री सुरु गरेको जनाएपनि खाद्य कम्पनीको गोदाममा भने चिनी सकिएको छ ।

कर्पाेरेशनले दिएको ७ क्विन्टल चिनी सोमबार दिउँसो देखि सकिएको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपालेले कर्पाेरेशनले दिएको चिनी सोमबार बिहान १२ बजेदेखि नै सकिएको जानकारी दिईन ।

‘हामीलाई साल्ट टेड्रिङ कर्पाेरेशनले ७ हजार क्विन्टल चिनी दिएको थियो, त्यो चिनी हिजै सकिसक्यो, थप चिनीको विषयमा कर्पाेरेशनबाट अहिलेसम्म कुनै जानकारी आएको छैन’, उनले भनिन ।

Share News