इजरायल भ्रमणमा नजान सरकारको आग्रह, स्वदेश फर्कन चाहँदै २ सय नेपाली

<p>काठमाडौं । सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमणमा नजान आग्रह गरेको छ । इजरायलको हालको अवस्था सामान्य नभएकाले सरकारले नेपालीहरुलाई भ्रमण नगर्न आग्रह गरेको हो । मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका हुन् । शवहरु, बंकरबाट [&hellip;]</p>

काठमाडौं । सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमणमा नजान आग्रह गरेको छ । इजरायलको हालको अवस्था सामान्य नभएकाले सरकारले नेपालीहरुलाई भ्रमण नगर्न आग्रह गरेको हो ।

मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका हुन् ।

शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएका र नेपाल आउन इच्छुक अन्य नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको उनले बताए । नेपाल फर्किन इच्छुकका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था समेत गरिएको छ । परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले स्वदेश फर्किनका लागि हालसम्म २ सय जनाले नेपाली राजदूतावासमा आवेदन दिएको जानकारी गराएका छन् । साथै, जसका लागि सरकारले स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखेको उनले बताए ।

मन्त्री साउदका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् । यसैगरी, लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २६५ जना विद्यार्थीहरु इजरायलमा रहेको र तीमध्ये १० जनाको चरमपन्थी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु भएको मन्त्री साउदले जानकारी गराए ।

Share News