अब काठमाडौंवासीलाई रगत पाउन झन्झट नहुने, महानगरले नै निःशुल्क दिने

<p>काठमाडौं । अब काठमाडौं महानगरवासीले निःशुल्क रुपमा रगत पाउने भएका छन् । नेपाल रेडक्रस सोसाईटीसँग सहकार्य गर्दै काठमाडौं महानगरले महानगरवासीलाई उक्त सेवा दिने भएको हो । यससँगै काठमाडौं महानगरका जोसुकैले जुनसुकै अस्पतालमा उपचारत गराउँदा निःशुल्क रुपमा रगत र रक्ततत्व पाउने भएका छन् । आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि नगरवासीले अकालमा [&hellip;]</p>

काठमाडौं । अब काठमाडौं महानगरवासीले निःशुल्क रुपमा रगत पाउने भएका छन् । नेपाल रेडक्रस सोसाईटीसँग सहकार्य गर्दै काठमाडौं महानगरले महानगरवासीलाई उक्त सेवा दिने भएको हो ।

यससँगै काठमाडौं महानगरका जोसुकैले जुनसुकै अस्पतालमा उपचारत गराउँदा निःशुल्क रुपमा रगत र रक्ततत्व पाउने भएका छन् । आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि नगरवासीले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका महानगरले असोज २२ गते नेपाल रेडक्रस सोसाईटीसँग सहकार्य गरेको हो । यसबाट काठमाडौंवासी सबै लाभान्वीत हुने महानगरको अपेक्षा छ ।

महानगरका अनुसार काठमाडौं महानगरवासी भएको प्रमाण खुल्ने, नागरिकता वा बसाईसराई वा घर जग्गा कर तिरेको कागजात लिई नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि निःशुल्क रुपमा रगत तथा रक्ततत्व पाइने महानगरका मेयर बालेन्द्र शाह बालेनले जानकारी गराए ।

राजधानीमा हुने रगत अभावलाई न्युनिकरण गर्न महानगरपालिकाले आफ्नो स्वास्थ्य प्रवद्धर्न केन्द्रहरुमा नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्नेछ । रक्तदान कार्यक्रमलाई प्रोसाहित गर्न सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस निकायलाई प्रति युनिट २०० रुपैयाँ सञ्चार तथा यातायात खर्चको लागि रकम उपलब्ध गराइने मेयर बालेनले जानकारी गराए ।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चार सेवा बिना झन्झट जुनसुकै समयमा बिरामीलाई रगत उपलब्ध गराउने र रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङ लगायतका कार्यका लागि महानगरले प्रतियुनिट १३ सय रुपैयाँ उपलब्ध गराउने बालेनले बताए ।

नागरिकले तिरेको करको उच्चतम उपयोग गर्दै सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन महानगर प्रतिवद्ध रहेको बताउँदै मेयर बालेनले महानगरबासीलाई स्वस्थ राख्न र रोग लागेकालाई उपचारमा सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको समेत जानकारी गराए ।

Share News