
फाइल फोटो
काठमाडौं । सरकारले हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शोकमा असोज २३ गते मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो घोषणा गरेको हो ।
असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० जना नेपालीको निधन भएको थियो । यस घटनामा दिवङ्गत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न सरकारले २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
त्यस्तै, परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याइने सरकारको निर्णय छ । (सच्याइएको)