सरकारले इजरायलबाट शव ल्याउन विमान तयारी अवस्थामा राख्ने

<p>काठमाडौं । इजरायल–हमास द्वन्द्वका क्रममा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन विमान तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकमा यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने र इजरायलमा रहेका नेपाली [&hellip;]</p>

काठमाडौं । इजरायल–हमास द्वन्द्वका क्रममा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन विमान तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठकमा यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने र इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइतबार गठन गरिएको उक्त संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर इजरायलमा रहेका नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण काम गर्ने भनिएको छ।

Share News