घर जग्गाको कारोबारमा भ्रष्टाचार बढी भयो, कित्ताकाट गर्नै सकिएन : वाग्ले

<p>काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका सल्लाहकार इच्छा बहादुर वाग्लेले घर जग्गाको कारोबारमा नीतिगत भ्रष्टाचार बढी भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित रियल इस्टेट व्यवसायी वृहत् भेला २०८० मा बोल्दै वाग्लेले यस्तो बताएका हुन् । ‘नीतिगत भ्रष्टाचार जग्गा व्यवसायमा धेरै भएको छ, जग्गाको व्यवसायमा भएको भ्रष्टाचार भन्सार विभागले पनि भेट्दैन,’ उनले भने [&hellip;]</p>

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका सल्लाहकार इच्छा बहादुर वाग्लेले घर जग्गाको कारोबारमा नीतिगत भ्रष्टाचार बढी भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित रियल इस्टेट व्यवसायी वृहत् भेला २०८० मा बोल्दै वाग्लेले यस्तो बताएका हुन् ।

‘नीतिगत भ्रष्टाचार जग्गा व्यवसायमा धेरै भएको छ, जग्गाको व्यवसायमा भएको भ्रष्टाचार भन्सार विभागले पनि भेट्दैन,’ उनले भने ।

जग्गाको कित्ताकाट खुलेता पनि सहज रूपमा भने कित्ताकाट गर्न नसकेको वाग्लेले बताएका छन् ।

वाग्लेले जग्गा व्यवसायी आफ्नै शैलीमा जाने हो भने व्यवसायीका समस्या समाधान नहुने बताउँदै जग्गाको कित्ताकाट फुकुवा भए पनि कित्ताकाट गर्न नपाएको बताए ।

उनका अनुसार घर जग्गा व्यवसायले हरेक क्षेत्रलाई चलायमान बनाउन मद्दत पुर्याउने छ । ‘यस क्षेत्रमा धेरै व्यवसायीहरू जोडिनु भएको छ, घर जग्गाको कारोबार सहज रूपमा भए कर पनि सरकारलाई नै बढी उठ्छ,’ उनले भने ।

बैंकले सहज रूपमा घर कर्जा उपलब्ध गराउनु पर्ने पनि वाग्लेको भनाइ छ ।

Share News