काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकाले घर जग्गा व्यवसायलाई दलालको जस्तो व्यवहार गर्न नहुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘रियल इस्टेट व्यवसायी वृहत भेला २०८०’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘घर जग्गा व्यवसायलाई दलालको जस्तो व्यवार सरकारले गर्नु राम्रो कुरा भएन, सरकारले जग्गा व्यवसायी लाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्छ, यसलाई उद्योगको रूपमा स्थापित गर्नुपर्छ,’ अध्यक्ष मल्लले भने भने
घरजग्गाको कित्ता काट्ट खुल्ला भए पनि ढड्डामा रहेको उनको भनाई छ । त्यस्तै, देशमा खर्बौं रूपैयाँ रेमिट्यान्स भित्रिए पनि पर्याप्त नभएको बताउँदै उनले जुन क्षेत्रमा हेर्दा पनि अहिले समस्या रहेको बताए । उनले सरकारले गर्छु भनेका प्रतिवद्धता पुरा नगर्दा पनि चुनौति आएको बताएका छन् ।
घरजग्गाको मूल्य कहिल्यै नघट्ने भएकाले ८० प्रतिशतसम्म घरजग्गा कर्जा दिने व्यवस्था मिलाउनु पर्ने उनको सुझाव छ । बैंकमा ५ खर्बको तरलता हुँदा पनि ऋण दिन नमानको उनको गुनासो छ ।
ऐन नियमका कारण पनि व्यवसायी समस्यामा रहेको बताउँदै उनले महासंघसँग चेम्बर सहकार्य गरी अगाडि बढ्न तयार रहेको समेत बताए ।