‘चिनी आयात गर्न नपाउँदा बजारमा अभाव भयो, सिजनमै अनुगमन हुँदा हतोत्साहित बने व्यापारी’

<p>काठमाडौं । साल्ट टेड्रिङ कर्पोरेशनका विभागीय प्रमुख ब्रजेश झाले समयमै सरकारले चिनी आयातको अनुमति नदिँदा बजारमा चिनी अभाव भएको बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको चाडपर्वमा बजार अनुगमन र नागरिकको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अभावको कारण कम्पनीसँग थोरै चिनी भएकाले जतिपुग्छ त्यति बिक्री वितरण गर्ने [&hellip;]</p>

काठमाडौं । साल्ट टेड्रिङ कर्पोरेशनका विभागीय प्रमुख ब्रजेश झाले समयमै सरकारले चिनी आयातको अनुमति नदिँदा बजारमा चिनी अभाव भएको बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको चाडपर्वमा बजार अनुगमन र नागरिकको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अभावको कारण कम्पनीसँग थोरै चिनी भएकाले जतिपुग्छ त्यति बिक्री वितरण गर्ने उनले बताए । साथै, सरकारले दिएको निर्देशन अनुसार सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको बताउँदै उनले कर्पोरेशनका बिक्री काउन्टरबाट प्रतिपरिवार २ किलोका दरले बिक्री वितरण भइरहेको जानकारी गराएका छन् ।

कोरोना काल र भारतको नाकाबन्दीमा नभोगेको समस्या अहिले देखा परेको उपभोक्ता जागरण नेपालमा अध्यक्ष कृष्ण प्रसाद भण्डारी बताउँछन् ।

‘उपभोक्ता समस्यामा हुँदा सरकारले राहत दिन सकेको छैन, मुख्य सचिवको अध्यक्षतामा रहेको केन्द्रीय अनुगमन समितिले समेत प्रभावकारी रूपमा काम गर्नै सकेन, राजनीतिले बजार ध्वस्त बनायो, यसमा सरकारले ध्यान दिन सकेन भने उपभोक्ताले सरकार भएको अनुभूति गर्नै सक्दैनन्,’ उनले भने ।

त्यस्तै, सबैले वाणिज्य विभागको मुख ताक्ने अनि सरकारले राम्रो काम गर्न खोज्ने विभागका डीजीको सरूवा गर्ने प्रविधिको अन्त्य हुनुपर्ने बताउँदै स्थानिय तहलाई दिएको अधिकारको उपयोग नभएको गुनासो गरेका छन् ।

कार्यक्रममा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष देवेन्द्र श्रेष्ठले छुट्टा छुट्टै निकायबाट आउने अनुगमनले व्यवसायीलाई हतोत्साहित बनाएको गुनासो गरेका छन् । ‘व्यापारको सिजनमै अनुगमन धेरै हुँदा समस्या भयो,’ उनले बताए ।

सरकारले समयमै निर्णय गर्न नसक्दा त्यसको प्रत्यक्ष असर उपभोक्ताले भोग्नु परेको बताउँदै उनले सरकारले समयमै निर्णय गर्न नसक्ने हो भने अबको ५/७ महिनामा नेपालमा चामल अभाव हुने समेत बताए ।

Share News