दुई जहाज चार्टर्ड गरेर भारतीय पर्यटकले गरे माउन्टेन फ्लाईट

<p>काठमाडौं । पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रने क्रम बढ्दो छ । तिर्थयात्रीका रुपमा नेपाला आउने गरेका भारतीय पर्यटक जहाज नै चार्टर्ड गरेर माउन्टेन उडानमा गएका छन् । निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरका दुई जहाज चढेर शनिबार ८० जनाभन्दा बढी भारतीय पर्यटक माउन्टेन फ्लाईटमा गएका हुन् । यति एअरलाईन्सका दुई एटिआर ७२ विमान चार्टर्ड [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रने क्रम बढ्दो छ । तिर्थयात्रीका रुपमा नेपाला आउने गरेका भारतीय पर्यटक जहाज नै चार्टर्ड गरेर माउन्टेन उडानमा गएका छन् ।

निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरका दुई जहाज चढेर शनिबार ८० जनाभन्दा बढी भारतीय पर्यटक माउन्टेन फ्लाईटमा गएका हुन् ।

यति एअरलाईन्सका दुई एटिआर ७२ विमान चार्टर्ड गरेर माउन्टेन फ्लाईट मार्फत नेपालका विभिन्न हिमश्रृखंलाको अबलोकन भ्रमण गरेका भारतीय पर्यटक एकप्स सिस्टम ईण्डियाका संस्थापक तथा पार्टनरहरु रहेका एयरलाइन्सले जनाएको छ ।

काठमाडौंको हायात होटलमा तिन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागि हुन भारत तथा युएईमा रहेको एकप्सको कार्यालयबाट आएका भारतीय नागरीकहरुले माउण्टेन फ्लाईटको अनुभव लिएका हुन् ।

चार्टर अपरेसनको जिम्मा लिएको सस्तो टिकटस् डट कमका एकाउण्ट म्यानेजर मनिस महर्जनले एकै कम्पनीको अगुवाईमा २ वटा जहाज चार्टर्ड गरेर माउन्टेन फ्लाईट पहिलो पटक भएको दाबी गरे ।

उनले उक्त उडानबाट नेपालको पर्यटकीय संभवना असिमित भएको प्रमाणित भएको बताए ।

Share News