प्रधानमन्त्रीलाई काँग्रेसको सन्देशः सच्चिन नसके सरकारको बाटो खालि गर्नुस्

<p>काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको देश अफ्ठ्यारो स्थितिबिाट अघि बढीरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन् । उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको देश अफ्ठ्यारो स्थितिबिाट अघि बढीरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन् ।

उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई काँग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी समेत गरे । देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउन म जातिय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको उनले आरोप लगाए ।

उनले प्रधानमन्त्रीलाई जातिय राज्य गोजीबाट निकालेर दिने हो ? भन्दै प्रश्न समेत गरे । प्रधानमन्त्रीबाट गैर जिम्मेवार अभिव्यक्ति आउनु नेपालीहरुको लागि दुर्भाग्य रहेको उनको भनाई छ ।

नेता कोईरालाले काँग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्नेमा जोड दिए ।

Share News