दशैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

<p>काठमाडौं । दशैंको लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलमा असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । उक्त छलफलले असोज २२ गतेभन्दा अघि नै व्यवस्थापनको सबै काम सक्ने निर्णय गरेको छ । [&hellip;]</p>

काठमाडौं । दशैंको लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलमा असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

उक्त छलफलले असोज २२ गतेभन्दा अघि नै व्यवस्थापनको सबै काम सक्ने निर्णय गरेको छ ।

दशैं, तिहार र छठ पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । जसको लागि यात्रुहरुले असोज २२ गतेदेखि टिकट बुक गर्न सक्ने छन् ।

Share News