नेपालमा लगानी बढाउँदै भारतीय बाेश कम्पनी

<p>काठमाडौं ।  प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोशले नेपालमा थप लगानी बढाउने भएको छ । कम्पनीले नेपाल प्रवेशको एक वर्षभन्दा बढी समयसँगै नेपालालाई रणनीतिक महत्वको क्षेत्रको रुपमा पहिचान गर्दै डिजेल व्यवसायमा लगानी बढाउने भएको हो । कम्पनीले यस क्षेत्रमा लगानी बढाएर अब्बल डिजेल सर्भिस दिने भएको हो । भारतका बोशसमूहका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक [&hellip;]</p>

काठमाडौं ।  प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोशले नेपालमा थप लगानी बढाउने भएको छ । कम्पनीले नेपाल प्रवेशको एक वर्षभन्दा बढी समयसँगै नेपालालाई रणनीतिक महत्वको क्षेत्रको रुपमा पहिचान गर्दै डिजेल व्यवसायमा लगानी बढाउने भएको हो । कम्पनीले यस क्षेत्रमा लगानी बढाएर अब्बल डिजेल सर्भिस दिने भएको हो ।

भारतका बोशसमूहका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरुप्रसाद मुद्लापुरले नेपाल ठूलो सम्भावना बोकेको देश भएको बताए । पहिलोपटक नेपाल भ्रमणमा आएका उनी नेपालमा डिजेलको  आशाजनक भविष्य रहेको बताउँछन् ।

‘बोशले यस संक्रमणको केन्द्र बिन्दु हुन चाहेको छ, हामीले यहाँ डिजेलका पार्टपुर्जाहरूको लागि बलियो सेवा सञ्जाल विकास गर्नुपर्ने आवश्यकता बुझेका छौं र विश्वास एवं उच्च गुणस्तरीय कार्यसम्पादन मार्फत सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छौं,’ उनले भने ।

सन् २०२२ को मेमा सम्पर्क कार्यालय खोलिसकेपछि नै बोशले अटोमोटिभ, पावर टुल्स, भवन प्रविधि, घरासयी उपकरण र स्वास्थ्यसेवा क्षेत्रमा उत्पादन र समाधानहरुको विस्तृत शृंखला प्रदान गर्दै आएको छ ।

सँगसँगै इकोसिस्टमको सपोर्ट, त्यसको हेरचाह र विस्तार गर्ने प्रमाणको रुपमा बोशले भर्खरै काठमाडौंमा आफ्नो पहिलो बोश डिजेल सर्भिस ९बीडीएस० साझेदारहरुको भेला आयोजना गरेको थियो । उक्त भेलामा बोशका मुख्य अटोमोटिभ वितरकहरु, नेपालमा यसका बीडीएस साझेदाहरु र प्रमुख अटो ओईएमहरु सहित करिब ६५ जना सहभागी थिए ।

बोश नेपालका कन्ट्री हेड सन्दीप कामतले अटोमोटिभ सेग्मेन्टमा बोश यसअघि नै तीन हजारभन्दा बढी डिलरका लागि नेपालका हरेक प्रदेशमा विस्तार भइसकेको जानकारी दिए । ‘हामी हाम्रा सबै इकोसिस्टम साझेदारसँग व्यापक रुपमा सहकार्य गर्नेछौं, यो विस्तारले हामीलाई ती क्षेत्रमा सक्कली र उच्च गुणस्तरीय पार्टपुर्जाको महत्व स्थापित गर्न पनि मदत गर्नेछ,’ उनले भने ।

मोबिलिटी बाहेक बोशले नेपालका प्रमुख जलविद्युत् र निर्माण परियोजनालाई पनि सेवा दिनुको साथै बिक्रीपछिको सेवाका लागि समर्पित केन्द्र स्थापना गरेको छ । सीसीटीभी, सार्वजनिक ठेगाना, आगलागी चेतावनी प्रणाली समेटिएको बोशको भवन प्रविधि सोलुसन्स पनि देशका प्रमुख प्रतिष्ठानहरुमा जडान गरिएका छन् ।

Share News