४ करोड राजश्व छली फरार रहेका एक उद्योग सञ्चालक पक्राउ

<p>काठमाडौं । राजश्ज छली गरी फरार रहेका नेपाल पान मसला उद्योगका सञ्चालक कुतबुद्दिन शेष प्रकाउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले करिब ४ करोड रुपैयाँ राजश्व छलेका सञ्चालक शेषलाई असोज १७ गते बुधबार कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ गरेको हो । कपिलवस्तुको शिवराज नगरपालिका-४ घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ बस्ने कपिलवस्तुका [&hellip;]</p>

काठमाडौं । राजश्ज छली गरी फरार रहेका नेपाल पान मसला उद्योगका सञ्चालक कुतबुद्दिन शेष प्रकाउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले करिब ४ करोड रुपैयाँ राजश्व छलेका सञ्चालक शेषलाई असोज १७ गते बुधबार कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ गरेको हो ।

कपिलवस्तुको शिवराज नगरपालिका-४ घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ बस्ने कपिलवस्तुका ३६ वर्षिय शेषले उद्योग चलाउँदा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरको राजश्व चुहावट गरेको पाइएको छ ।

प्रहरीले गरेको अनुसन्धान अनुसार सञ्चालक शेषले उद्योग चलाउँदा कच्चा पदार्थको हिसाब-किताब र लेखा लापरबाही तथा त्रुटीपुर्ण तवरले राखी प्रचलित कानून बमोजिम कच्चा पदार्थ एवं प्याकेजिङ् मेटेरियलको खपत र सोबाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको नियमअनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्रि वितरण गरेको पाइएको छ ।

तुलसीपुरको उच्च अदालतको २०७८ पुस १४ गतेको फैसलाले प्रतिवादीलाई ६ महिना कैद र विगो रकम ३ करोड ९९ लाख १० हजार ९०३ रुपैयाँ तथा जरिवाना १ करोड ९९ लाख ५५ हजार ४५२ रुपैयाँ समेत गरी कूल ५ करोड ९८ लाख ६६ हजार ३५५ रुपैयाँ वेरुजू माग गरेको छ ।

कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ परेका उनलाई प्रहरी टोलीले असोज १८ गते काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो ।

Share News