राष्ट्रियसभा बैठक : बजार अनुगमन  गर्न सांसदको माग

<p>काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेको छ । आजको बैठकको शून्य सयमा  सांसद उदयबहादुर बोहराले भने &#8216;दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक  मूल्यवृद्धिले समस्या भएको छ ।&#8217; चर्को मूल्य तिरेर पनि म्याद सकिएका [&hellip;]</p>

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेको छ ।

आजको बैठकको शून्य सयमा  सांसद उदयबहादुर बोहराले भने ‘दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक  मूल्यवृद्धिले समस्या भएको छ ।’ चर्को मूल्य तिरेर पनि म्याद सकिएका अखाद्य वस्तुको बिक्रीवितरण भइरहेको जनाउँदै उनले सबैखाले खाद्यवस्तु सर्वसुलभ र सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद कृष्णप्रसाद पौड्यालले बझाङ जिल्लामा गएको भूकम्पबाट एक जनाको मृत्यु र केही व्यक्ति घाइत भएको घटनाप्रति दुःख व्यक्त गरे । उनले भने, ‘भूकम्पबाट घरबारविहीन हुन पुगेका नागरिकलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था, खाद्यान्न लत्ताकपडा, औषधिलगायत सामग्रीको के कस्तो व्यवस्था गरिएको छ, घाइतेको उपचारका लागि सरकारले अहिलेसम्म के गरेको छ रु यसको यथार्थ विवरण जानकारी गराउन सरकारलाई अनुरोध गर्दछु ।’

Share News