काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, प्रहरीद्वारा पेस्तोल र गोली बरामद

<p>काठमाडौं । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । गौशालाको पिके डायग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनमाथि चक्कु प्रहार भएको हो । प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले उनीमाथि चक्कु प्रहार भएको जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको बताए । र, घटनास्थलबाट एक थान पेस्तोल कटुवा पेस्तोल र गोली पनि बरामद भएको उनले बताए [&hellip;]</p>

काठमाडौं । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । गौशालाको पिके डायग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनमाथि चक्कु प्रहार भएको हो ।

प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले उनीमाथि चक्कु प्रहार भएको जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको बताए । र, घटनास्थलबाट एक थान पेस्तोल कटुवा पेस्तोल र गोली पनि बरामद भएको उनले बताए ।

उनका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेका र उनको खोजी भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ भने घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ ।

Share News