काठमाडौं । सोमबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपकरणमा समस्या देखिएको छ । उक्त उपकरणहरुमा समस्या देखिएपछि काठमाडौंबाट पोखराका लागि उडान भरेका दुई विमान पोखरा नपुगी बीचबाटै काठमाडौं फर्किएका हुन् ।
विमानस्थलमा आएको प्राविधिक समस्याको कारण काठमाडौंबाट पोखराका लागि उडान भरेका यति र श्री एयरलाइन्स विमानस्थल नपुगी काठमाडौं फर्किएका हुन् ।
हाल भने उक्त समस्या समाधान भइसकेको विमानस्थलकी प्रवक्ता जसोदा सुवेदी जानकारी दिइन् ।