पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्न छन्दु जाँदै प्रधानमन्त्री प्रचण्ड

<p>चीन । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छन्दु जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ङारी हुँदै ल्हासा र ल्हासाबाट शुक्रबार छन्दु जान लागेका हुन् । उनी आज बिहान स्थानीय समयअनुसार ९ः४५ बजे ङारीको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ [&hellip;]</p>

चीन । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छन्दु जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ङारी हुँदै ल्हासा र ल्हासाबाट शुक्रबार छन्दु जान लागेका हुन् ।

उनी आज बिहान स्थानीय समयअनुसार ९ः४५ बजे ङारीको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छन्दु पुग्ने छन् । छन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनीसँग साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय किमिटीका सचिव वाङ सियाओले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्ने कार्यक्रम छ ।

बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल हिजो कैलाश मानसरोवरको अवलोकन भ्रमणका लागि गएका थिए । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्धिपक्षीय भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरु शनिबार छन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । रासस

Share News