अर्थतन्त्रको दोष गभर्नरमाथि थुपार्नु हुँदैन, कान समातेर काम लगाउन सक्नुपर्छ : पूर्व अर्थमन्त्री पाण्डे

<p>काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थतन्त्रको दोष गभर्नरमाथि थुपार्न नहुने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । &#8216;अर्थतन्त्रको दोष गभर्नरमाथि थुपार्नु हुँदैन, कान समातेर काम लगाउन सक्नुपर्छ,&#8217; उनले भने । भुक्तानी नपाएका निर्माण व्यवसायीले सक्दो छिटो पाउनु पर्ने उनको [&hellip;]</p>

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थतन्त्रको दोष गभर्नरमाथि थुपार्न नहुने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अर्थतन्त्रको दोष गभर्नरमाथि थुपार्नु हुँदैन, कान समातेर काम लगाउन सक्नुपर्छ,’ उनले भने ।

भुक्तानी नपाएका निर्माण व्यवसायीले सक्दो छिटो पाउनु पर्ने उनको सुझाव छ । सेयर कर्जामा सीमा तोक्न नहुने बताउँदै उनले बजारको जोखिमभारलाई समेत घटाउनु पर्ने बताए ।

‘कर्जा बढिरहेको छ, रोजगारी सिर्जना र अर्थतन्त्रमा सुधार भइरहेको छैन, अब कागजी डाटामा रमाउनु हुँदैन,’ उनले भने- ‘अर्थमन्त्रीले/ गभर्नरले मान्यो भने अर्थतन्त्र सुधार हुन्छ भनिरहनु भएको छ, यो कस्तो तरिका हो ? अरुलाई जिम्मेवारी दिने प्रवृत्ति अन्त्य गर्नु पर्छ, गभर्नरलाई दोष लगाएर हुँदैन ।’

‘१० प्रतिशत काम गभर्नरले गर्न सक्छ, नेतृत्व गर्ने सरकारले हो। गभर्नरलाई त कान समातेर यस्तो गर भन्न सकिन्छ, व्यवसायीहरु पनि अरुलाई दोष लगाउन पल्केका छन्,’ उनले थपे ।

उनले अर्थतन्त्र कसरी कमजोरी भइरहेको छ भन्ने समस्याको पहिचान गर्नुपर्ने बताए ।

Share News