
तस्वीरः सरोज गौतम
काठमाडौं । आन्दोलनरत ई: का प्रतिनिधि र काठमाडौं महानगरका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । उक्त वार्ता काठमाडौं महागनरको कार्यालयमा भइरहेको छ ।
फुटपाथ व्यवसायीको समस्या समाधानको माग गर्दै अभियान्ता ईः महानगरको कार्यालय रहेको सभागृहको गेटमा उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए । उनले गत सातादेखि नै उक्त शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।