
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलिने गरेको व्यवस्था आजदेखि कार्यान्वयन हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ कम्पनी दर्ता गर्दा शुल्क पूर्ण छुट हुने जनाएको छ ।
‘नेपाल सरकारले खण्ड ५७, संख्या ७, मिति २०६४/०२/१४ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरी तोकिएको कम्पनी ऐन, २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी संस्थापना गर्दा, दर्ता भैसकेको कम्पनीले पुँजी वृद्धि गर्दा, दफा ५६ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिमके कार्य गर्दा, दफा १५४ को उपदफा (२) र (३) बमोजिम विदेशी कम्पनीले शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता गर्दा तथा दफा १६६ बमोजिम मुनाफा वितरण नगर्ने गरी कम्पनी संस्थापना गर्दा लाग्ने शुल्क तथा दस्तुर आर्थिक ऐन, २०८० को दफा १८ को उपदफा (१) बमोजिम चालु आर्थिक वर्ष २०८०/८१ को लागि पूर्ण छुट दिने निर्णय गरेकोले यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख गरिएको छ ।
[pdf id=438135]