डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री

<p>बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् । चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको अवलोकन निरीक्षणपछि उनले भने, ‘विश्वमा बढ्दो विज्ञान एवं सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरुपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।’ नले हाल नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक [&hellip;]</p>

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् । चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको अवलोकन निरीक्षणपछि उनले भने, ‘विश्वमा बढ्दो विज्ञान एवं सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरुपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।’

नले हाल नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गरे ।

नेपालमा चीनका उद्योगी व्यवसायीले गर्ने लगानीका क्षेत्र धेरै भएको र तीमध्ये पनि नयाँ र लाभ लिन सकिने एक क्षेत्र भनेको सूचना प्रविधि नै भएको उनको तर्क छ । नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र लगानीका लागि आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता पनि उनले जनाए ।

हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसहित उनको प्रतिनिधिमण्डल आज सो कम्पनीको मुख्यालयमा पुगेको थियो । कम्पनीका उच्च अधिकारीहरुले प्रधानमन्त्रीलाई विशेष स्वागत गरेका थिए । उक्त बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटपलगायतका इलेक्ट्रोनिक वस्तु उत्पादन गर्ने गर्दछ । रासस

Share News