काठमाडौं । काठमाडौं महानगरका प्रमुख तथा मेयर बालेन्द्र शाह ‘बालेन’ ले काठमाडौंमा आन्दोलन गरिरहेका आन्दोलनकारीलाई वार्ता बोलाउँदा नआएको बताएका छन् ।
फुटपाथ व्यवसायीको समस्या समाधानको माग गर्दै अभियान्ता ईः महानगरको कार्यालय रहेको सभागृहको गेटमा उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेका आन्दोलनकारीहरु वार्तामा बोलाउँदा पनि नआएको उनको भनाई छ ।
संवादमा बोलाउदा पनि नआएपछि मेयर बालेनले सामाजिक सञ्जालमा स्ट्याटस् लेख्दै उक्त आन्दोलनकारीहरुलाई के तपाईंहरुको नेतासँग वार्ता गर्नुपर्ने हो ? भनेर समेत प्रश्न गरेका छन् ।
मेयर बालेन लेख्छन् :
विगत केही दिनदेखि केही अभियानताहरु आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाँहरुको कुरा र समस्या सुनौं भन्दा अभियानताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौं, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं ।
के वार्ता हामीले उहाँहरुको नेतासँग गर्न पर्ने ?