प्राइम कमर्सियल बैंकद्वारा रक्तदान कार्यक्रम

<p>काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७ (सत्रौं) वर्ष प्रवेशको अवसरमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँमा रक्तदान कार्यक्रम आयोजन गरेको छ । आज सम्पन्न उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको उत्साहप्रद सहभागिता रहेको जनाइएको छ । रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । रक्तदान गरी कार्यक्रमलाई सफल [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७ (सत्रौं) वर्ष प्रवेशको अवसरमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँमा रक्तदान कार्यक्रम आयोजन गरेको छ ।

आज सम्पन्न उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको उत्साहप्रद सहभागिता रहेको जनाइएको छ । रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

रक्तदान गरी कार्यक्रमलाई सफल तुल्याउने रक्तदाता कर्मचारी तथा शुभेच्छुक सहभागीहरुलाई सम्मान स्वरुप बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले प्रशंसा पत्र प्रदान गर्दै भविष्यमा पनि यस्तै सहयोग पाउने विश्वास व्यक्त गरेको छन् ।

Share News