काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेकोछ । बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैेठकले गत आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले प्रस्ताव अनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।