क्यान्सरको नयाँ औषधिको मानिसमाथि परीक्षण, ट्युमर पूर्ण निको हुनसक्ने

<p>काठमाडौं । क्यान्सर रोग उपचारको अनुसन्धानमा वैज्ञानिकहरु सफलता नजिक पुग्न थालेका छन् । अमेरिकामा क्यान्सको एओएच१९९६ नामको औषधि मानिसमाथि परीक्षण गर्न शुरु गरिएको छ । वैज्ञानिकहरुका अनुसार सो औषधिले स्वस्थ कोशिकालाई हानी नपुर्याईकन क्यान्सरको ट्युमरलाई निको पार्न सक्छ । यो औषधिको नाम सन् १९९६ मा जन्मिएकी आना ओलिविया हिलीबाट प्रभावित भएर राखिएको हो । आनालाई [&hellip;]</p>

काठमाडौं । क्यान्सर रोग उपचारको अनुसन्धानमा वैज्ञानिकहरु सफलता नजिक पुग्न थालेका छन् । अमेरिकामा क्यान्सको एओएच१९९६ नामको औषधि मानिसमाथि परीक्षण गर्न शुरु गरिएको छ । वैज्ञानिकहरुका अनुसार सो औषधिले स्वस्थ कोशिकालाई हानी नपुर्याईकन क्यान्सरको ट्युमरलाई निको पार्न सक्छ ।

यो औषधिको नाम सन् १९९६ मा जन्मिएकी आना ओलिविया हिलीबाट प्रभावित भएर राखिएको हो । आनालाई न्युरोब्लास्टो नामको क्यान्सर भएको थियो । सन् आनाको मृत्यु भयो । सो वर्ष उनी मात्रै नौ वर्ष भएकी थिइन् । न्युरोब्लास्टो बालबालिकामा हुने एक प्र्रकारको क्यान्सर हो ।

यो एड्रिनल ग्रन्थीको क्यान्सर हो । जुन पेट, छाती र घाँटीको हड्डीमा विकसित हुन्छ । ‘हामीले क्यान्सर निको गर्ने नयाँ औषधि एओएच१९९६ नाम नौ वर्षकी आना ओलिविया हिलीको श्रद्धाञ्जली दिनका लागि राखेका हौं’, एकजना वैज्ञानिकले भनेका छन् ।

क्यान्सर कोशिकाहरुमा प्रभावी नतिजा

यो औषधि २० अनुसन्धानबाट तयार पारिएको बताइएको छ । यो औषधिले क्यान्सरको कोशिकामा पाइने प्रोटिन प्रोलिफेरेटिङ सेल न्यूक्लियर एंटिजेनलाई लक्षित गरेर काम गर्छ । यो क्यान्सरको प्रोटिनले शरीरमा ट्युमर फैलाउने काम गर्छ । अहिलेसम्म यो प्रोटिनलाई नस्ट गर्नसक्ने उपचार सम्भव भएको थिएन । वैज्ञानिकहरुले अहिले बनाएको औषधिले यो प्रोटिनलाई नस्ट गर्न सक्ने बताइएको छ ।

यो औषधि बनाउने प्रोफेसर लिंडा मलकासले यो औषधिले क्यान्सर प्रोटिनलाई नस्ट गर्न मद्दत गर्ने बताएकी छन् । यो औषधिले ट्युमलाई बढ्न पनि दिँदैन । यसले क्यान्सरको कोशिकालाई मार्ने समेत काम गर्छ । साथै यो औषधिको सेवनबाट स्वस्थ कोशिकालाई कुनै नोक्सान नपुग्ने वैज्ञानिकहरुले बताएका छन् । जबकी क्यान्सरको उपचारमा प्रयोग हुने केमोथेरापी, रेडियोथेरापी लगायतका उपचार विधिले स्वस्थ कोशिकालाई पनि हानी पुर्याउने गर्छ ।

डोस्टरलिमब औषधिको क्लिनिकल परीक्षण शतप्रतिशत सफलता

डोस्टरलिमब औषधिको क्लिनिकल परीक्षण मलद्वारको क्यान्सर भएका केही मानिसमा गरिएको थियो । सो परीक्षणमा छ महिनामा नै क्यान्सर ट्युमर पूर्णरुपमा नस्ट भएको थियो । यो विषय न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको छ ।

डोस्टरलिमब मा एउटा यस्तो प्रकारको औषधि बनाइएको छ जसले मानिसको शरीरमा बैकल्पिक एन्टिबडीको काम गर्छ । क्यान्सर भएका मानिसरको प्रतिरक्षा प्रणाली निकै कमजोर भएको हुन्छ । सो औषधिको प्रयोगले रोगीको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने वैज्ञानिकहरुले बताएका छन् । एजेन्सीको सहयोगमा ।

Share News