वैज्ञानिक खोज : ४ दिन औषधि खाँदा ३ वर्ष जवान हुन सकिने

<p>काठमाडौं । वैज्ञानिकहरुले मानिसको वृद्ध उमेरलाई घटाउन सकिने विषयमा नयाँ खोज गरेका छन् । हावर्ड विश्वविद्यालयका वैज्ञानिकले यस्तो छ वटा एस्तो केमिकल पत्ता लगाएका छन्, जसले वृद्ध भएको मानिसलाई फेरि जवान बनाउन सक्छ । न्युयोर्क पोस्टमा छापिएको रिपोर्टअनुसार सो विषय एजिङ जर्नलमा प्रकाशित एक अध्ययन ‘केमिकली इन्ड्युस्ड रि–प्रोग्रमिङ टु रिभर्स’ मा प्रकाशित भएको छ । [&hellip;]</p>

 

काठमाडौं । वैज्ञानिकहरुले मानिसको वृद्ध उमेरलाई घटाउन सकिने विषयमा नयाँ खोज गरेका छन् । हावर्ड विश्वविद्यालयका वैज्ञानिकले यस्तो छ वटा एस्तो केमिकल पत्ता लगाएका छन्, जसले वृद्ध भएको मानिसलाई फेरि जवान बनाउन सक्छ । न्युयोर्क पोस्टमा छापिएको रिपोर्टअनुसार सो विषय एजिङ जर्नलमा प्रकाशित एक अध्ययन ‘केमिकली इन्ड्युस्ड रि–प्रोग्रमिङ टु रिभर्स’ मा प्रकाशित भएको छ ।

अध्ययनकाअनुसार वैज्ञानिकले पत्ता लगाएका छ वटा केमिकल मिलाएर ‘फाउन्टेन अफ युथ’ नामको औषधि बनाइन्छ, जसले मानिसको उमेर घटाउनुको साथै छालालाई पनि पहिलाको जस्तै जवान अथवा चमकदार बनाउने काम गर्छ । सो औषधिको मिश्रणलाई कक्टेल पनि भनिएको छ ।

वैज्ञानिकहरुका अनुसार सो औषधिले मानिसको छालालाई धेरै वर्षसम्म बुढ्यौली बन्ने प्रकृयालाई रोक्ने काम समेत गर्नेछ । डेली मेलको रिपोर्टअनुसार चार दिनको उपचारपश्चात मानिसको उमेर घट्न सक्छ ।

सो अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक डेभिड सिन्क्लेयरले खोजको उपलव्धिको विषयमा ट्वीट गरेर जानकारी समेत दिएका छन् । ‘यसअघिको अनुसन्धानमा जीन थेरापीबाट भ्रूणको जीन सक्रिय गरेर उमेर घटाउन सकिने कुरा खुलेको थियो । अब नयाँ अनुसन्धानमा केमिकल ककटेलबाट पनि यो सम्भव भएको पत्ता लागेको छ । यो सम्पूर्ण शरीर कायाकल्प गर्न को लागी एक सफल कदम हो’, वैज्ञानिक सिन्क्लेयरले लेखेका छन् ।

मुसामा सफल परीक्षण

हावर्ड मेडिकल स्कुलले यो अनुसन्धान मुसामाथि गरेको थियो । तर, डेली मेलको रिपोर्टअनुसार भने यो सो अनुसन्धान मुसामाथि मात्रै नभएर मानिसको कोषिकामाथि पनि गरिएको थियो । नतिजाअनुसार प्रयोग गरिएको छ प्रकारका रसायनले उमेरलाई घटाउने काम गरेको थियो ।

उमेरमा देखिएको यो परिवर्तनलाई ट्रान्सक्रिप्टोमिक घडीहरुमार्फत ट्रयाक गरिएको थियो । सो घडीले जैविक उमेर बताउन जिन एक्सप्रेसन डाटाको प्रयोग गर्दछ । साथै, यो अनुसन्धान मानिसमाथि अर्को वर्ष परीक्षण गरिने जनाइएको छ ।

सो औषधिले दृष्टि क्षमतामा समेत सुधार ल्याउने वैज्ञानिक डेभिड सिन्क्लउयरका अनुसार छ प्रकारका रसायनको मिश्रणबाट बनाइएको औषधिले कमजोर भएको दृष्टिलाई समेत सुधार गर्ने काम गर्छ । साथै, सो औषधिले उमेरसँग जोडिएर विकास हुने रोगहरुको विरुद्धमा लड्न समेत सहयोग पुर्याउँछ ।

‘हरेक रसायनमा ५/७ वटा एजेन्ट हुन्छन्, जसले भौतिक र मानसिक रुपमा हुने गलत निर्देशनलाई ठिक गर्नमा सहयोग पुरयाउन सक्छन् । मुसाको अप्टिक नर्भस, मस्तिस्कको तन्तु, मृगौला र मांसपेशीहरुमा गरिएको अध्ययनले त्यसको दृष्टिमा सुधार र आयु बढाएको पाइएको थियो ।

वैज्ञानिक सिन्क्लेयरका अनुसार उमेर उल्ट्याउने कुरा एउटा प्रकृया भएको बताएका छन् । उनले उमेरलाई बढाउन र घटाउन सकिने बताएका छन् । अवधारणात्मक रुपमा हेर्दा शरीरसँग यसको जवानीको प्रतिलिपि समेत रहेको छ । यदि त्यसलाई पुनः सञ्चालन गरियो भने कोशिकाहरु पुनः बन्न र काम गर्न थाल्नेछन् भने उमेर पनि घट्न थाल्नेछ । यो प्रयोगले आनुवंशिक उत्परिवर्तको परिणामस्वरुप बुढेसकाल हुन्छ भन्ने मान्यतालाई पनि गलत सावित गरिदिएको छ । एजेन्सीको सहयोगमा ।

Share News