उद्यमहरूलाई ऋण प्रदान गर्न कुमारी बैंकले विदेशी संस्थाबाट ल्यायो सवा अर्ब रुपैयाँ

<p>काठमाडौं । कुमारी बैंकले लक्जमबर्गको ग्रान्ड डचीको कानूनअन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी (एमइएफ) सँग व्यावसायिक ऋण सम्झौता गरेको छ । सम्झौताअनुसार कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटीबाट एक करोड अमेरिकी डलर (एक अर्ब ३२ करोड रुपैयाँ) ऋण लिने भएको हो । विपन्न वर्ग कर्जाको माग पूर्ति गर्नुका साथै महिला उद्यमीहरूसँग सम्बन्धित साना तथा मझौला उद्यमहरूलाई [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले लक्जमबर्गको ग्रान्ड डचीको कानूनअन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी (एमइएफ) सँग व्यावसायिक ऋण सम्झौता गरेको छ ।

सम्झौताअनुसार कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटीबाट एक करोड अमेरिकी डलर (एक अर्ब ३२ करोड रुपैयाँ) ऋण लिने भएको हो ।

विपन्न वर्ग कर्जाको माग पूर्ति गर्नुका साथै महिला उद्यमीहरूसँग सम्बन्धित साना तथा मझौला उद्यमहरूलाई ऋण प्रदान गरी सशक्तिकरण गर्नका लागि यो कर्जा प्रयोग हुनेछ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

Share News