आधा दर्जन गाडी लिलाम गर्दै राष्ट्र बैंक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका आधा दर्जन अर्थात ६ वटा गाडी लिलाम गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पुराना सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने जानकारी गराएको हो । बैंकले पुराना सवारीसाधनको लागि न्यूनतम मूल्य तोकेर सिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री खुला गरेको हो । लिलाम हुने [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका आधा दर्जन अर्थात ६ वटा गाडी लिलाम गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पुराना सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने जानकारी गराएको हो ।

बैंकले पुराना सवारीसाधनको लागि न्यूनतम मूल्य तोकेर सिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री खुला गरेको हो । लिलाम हुने सवारी साधनमा एउटा स्वराज माज्दा बस, चार वटा सेभ्रोलेट टाभेरा र एउटा महिन्दा स्कारपियो पिकअप रहेको छ । जसको न्यूनतम लिलाम मूल्य र बोलपत्र फारम दस्तुर छुट्टाछुट्टै रहेको राष्ट्र बैंकले बताएको छ ।

बैंकले न्यूनतम लिलाम मूल्य ४ लाखभन्दा माथि र १२ लाख रुपैयाँ भन्दा तल तोकेको छ । यससँगै इच्छुकले तोकिएको न्यूनतम मूल्यभन्दा बढी हुने गरी साउन १४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार लिलाम सम्बन्धी बोलपत्र स्वीकृत भएका व्यक्ति, फर्म वा कम्पनीहरुले एनएमबि बैंकमा राखेका उक्त धराटी रकम लिलाम सरकारको सवारी साधनहरु नामसारी भएपछि मात्रै फिर्ता गरिने छ ।

इच्छुकले बालुवाटारस्थित राष्ट्र बैंकको सेवा विभागमा गई ती सवारीसाधनको बारेमा विस्तृत रुपमा बुझ्न पनि सक्नेछन् । लिलाम भएको सवारी साधन हेर्न वा बुझ्न चाहनेले बिहान १० बजेदेखि दिउँसो ४ बसेसम्म राष्ट्र बैंकको केन्द्रिय कार्यालयको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा जानु पर्ने छ ।

कुन कुन सवारी साधान ?

Share News