
काठमाडौं । हरेक मान्छेलाई छिट्टै वृद्ध देखिन मन हुँदैन । आफ्नो छालालाई जवानी राखिरहन हर कोही मान्छेले सुन्दरताको उपचारमा निकै कोसिस गरिरहेको हुन्छ । जसको कारण एन्टी एजिङ कस्मेटिक उत्पादनहरुको मागमा पनि वृद्धि भइरहेको पाइन्छ ।
अनुसन्धानका अनुसार एन्टी एजिङ उत्पादनमा अधिकांश तत्व सुरक्षित रहेको छ, तर, यसको विषयमा थप अनुसन्धानको पनि आवश्यकता रहेको छ । यदि तपाईं एन्टी एजिङ कस्मेटिकमा पैसा खर्च गरिरहनु भएको छ भने आयुर्वेदमा पनि धेरै घरेलु उपायहरु छन् जसले एन्टी एजिङको काम गर्न सक्छ ।
तपाईंको अनुहारमा जहाँ नेर चाउरी परेको छ, त्यहाँ दैनिक रुपमा एलोभेराको जेल लगाउन सक्नुहुन्छ । जेल लगाएको २० मिनेटपछि यसलाई धुनु पर्छ । छालालाई छिटो वृद्ध हुनबाट रोक्ने यो सजिलो घरेलु उपाय हो ।
काँक्रा र मह मिसायर फेस मास्क बनाउन सकिन्छ । यसलाई अनुहारमा लगाएर सुकेपछि धुनुपर्छ । काँक्रोमा म्याग्नेसियम, भिटामिन ए र ई पाइन्छ । कागती र महमा पाइने निको पार्ने गुणले छालाको चाउरीपनालाई कम गर्न मद्दत पुर्याउँछ ।
सुख््खा छाला चिल्लो छालाको तुलनामा छिटो वृद्ध देखिन्छ । यदि तपाईंको छाला पनि सुख्खा छ भने आधा गिलास दुधमा आधा चम्चा तिल मिसाएर अनुहारमा लगाउन सक्नुहुन्छ । १५ मिनेटपछि भिजेको कपडाले पुस्नुस । नियमित यसो गर्दा सुख््खा छालालाई नरम बनाउन मद्दत पुर्याउँछ ।
एन्टीअक्सिडेन्टले भरिपूर्ण मेथीले छालाको मृत कोशिकाहरुलाई हटाउन र छालामा चमक भर्न सहयोग पुर्याउँछ । यसका लाग मेथीलाई पिसेर नियमित रुपमा आफ्नो अनुहारमा लगाउन सकिन्छ ।
केराले कोलाजोन बढाउने र बुढ्यौली हुने प्रकृयालाई ढिलो गर्न मद्दत पुर्याउँछ । यसको लागि आफ्नो दैनिक खानामा केरालाई पनि समावेश गर्न सकिन्छ । साथै केरालाई पिसेर महमा मिसाएर अनुहारमा लगाउन सकिन्छ । सुकेपछि मनतातो पानीले धुनुपर्छ । नियमित रुपमा यस्तो गर्दा बुढेसकालसम्म छालामा युवापन रहिरहन मद्दत पुग्छ ।
त्यस्तै, चुरोट र रक्सी सेवन नगर्ने, धेरै चिनी नखाने र खानामा उम्रेको गेडागुडी, फलफूल, सागपात, दही, दुध, सुप जस्ता सन्तुलित खानेकुरा समावेश गर्दा पनि छालालाई राम्रो गर्छ । साथै नियमित योगा गर्नाले पनि छालालाई राम्रो बनाउँछ । एजेन्सीको सहयोगमा ।