स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबै निक्षेपको ब्याज एकल अंकमा झार्याे, कर्जाको पनि घटाउँदै

<p>काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले साउनमा ब्याजदर घटाउने भएको छ । बैंके कर्जा र निक्षेप दुवैको ब्याजदर घटाउने निर्णय गरेको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाउने निर्णय गरेको छ । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.४५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ [&hellip;]</p>

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले साउनमा ब्याजदर घटाउने भएको छ । बैंके कर्जा र निक्षेप दुवैको ब्याजदर घटाउने निर्णय गरेको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाउने निर्णय गरेको छ ।

बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.४५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । साथै, बैंकले साउनमा रेमिट्यान्स खातामा भने ७.४५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा पनि ब्याजदर घटाएको छ । बैंकले संस्थागततर्फ न्यूनतम ५.९५ प्रतिशतदेखि ६.९५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ७.९५ प्रतिशतदेखि ८.९५ प्रतिशत ब्याजदर तोक्नेछ । रेमिट्यान्स खातामा ९.९५ प्रतिशत ब्याजदर तोक्ने बैंकले जनाएको छ । यसअघि असारमा संस्थागततर्फ ७.९९ र ब्यक्तिगततर्फ ९.९९ प्रतिशत थियो ।

साउनमा बैंकले ब्याजदर घटाउने निर्णय गरेसँग निक्षेपतर्फको सबै खाताको ब्याजदर एकल अंकमा झरेको बैंकले बताएको छ ।

यस्तै, बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा न्यूनतम २ प्रतिशतदेपख अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ९.१७ प्रतिशत र स्प्रेडदर ४.२० प्रतिशत रहेको छ ।

Share News