सिटिजन्स बैंकका कार्ड बाहकलाई मिडाट हस्पिटलमा १० प्रतिशत छुट

<p>काठमाडौं । सिटिजन्स बैंकका कार्ड बाहकले मिडाट हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेड र मिडाट हस्पीटल प्रालिले सटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई छुट दिने सम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् । बैंक र अस्पतालको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिइएको बैंकले बताएको [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकका कार्ड बाहकले मिडाट हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेड र मिडाट हस्पीटल प्रालिले सटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई छुट दिने सम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।

बैंक र अस्पतालको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिइएको बैंकले बताएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधा ल्याइरहेको बताएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टरसहित देशभर सेवा दिइरहेको छ ।

त्यसैगरी, सिटिजन्स बैंकका १४५ वटा एटीएम ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दाबढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले बताएको छ ।

Share News