काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई सम्राट क्याफेमा छुट हुने भएको छ ।
नेपाल एसबिआई बैंक र श्री जि.आर. फूड एण्ड बिभरेज, बिराटनगरबीच नेपाल एसबिआई बैंकका ग्राहकलाई लक्षित गरी सम्राट क्याफे एण्ड पबमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमूख रबिन घिमिरे र जि.आर. फुड एण्ड बिभरेजका महाप्रबन्ध श्याम प्रसाद शाह बिच सम्पन्न भयो ।