काठमाडौं । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईलाई अपहरण र हत्याको धम्की दिदै ३० करोड रुपैयाँ फिरौती माग गर्ने रमेश कुमार गुरुङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोले आजै गुरुङलाई पक्राउ गरेको हो ।
३० करोड रुपैयाँ रकम माग गरी फिरौती लिन आएको अवस्थामा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । उनीमाथि अपहरण तथा शरीर बन्धक उद्योगमा मुद्दा लगाइने केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजय सिंह थापाले बताए ।
गुरुङले प्रवेश लामाको नामबाट फोन गरी अपहरण गर्ने, हत्या गर्ने भन्दै फिराैती मागेका थिए ।
“हत्या गर्नको लागि योजना बनिसकेको, यदी सुरक्षीत हुन चाहनु हुन्छ भने रकम दिनु पर्ने हुन्छ, डिमाण्डको रकम उपलव्ध गर्नु भयो भने तपाईको जीवन बच्न सक्छ, तपाईको नाम २ नं.मा रहेको छ भन्दै अपहरण गरी हत्या गरी दिन्छु ” भनी फोन तथा पटक पटक एसएमएस समेत गरेका भेटिएको प्रहरीले जनाएको छ ।
३० करोड रुपैयाँ रकम माग गरी फिरौती लिन आएको अवस्थामा आजै रमेश कुमार गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी प्रहरी वृत महाराजगंज पठाईएको केन्द्रीय प्रहरी अनुसन्धान व्यूरोले जनाएको छ ।
४० वर्षिया रमेश कुमार गुरुङ खोटाङ जिल्ला राहबेसी गाउँ पालिका वडा नम्बर १ स्थायी घर भएका व्यक्ति हुन् । उनी हाल काठमाडौं जिल्लाको चुनदेवीमा बस्दै आएका थिए ।
सम्बन्धित समाचार