काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेठले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई शुक्रबार रात्रीभोजका लागि आफ्नै निवासमा बोलाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीमाथि कुटपिट र कालोमोसो दल्ने जस्ता अराजक घटनाहरु बढेपछि गृहमन्त्री श्रेठले बैंकका सीईओहरुलाई आफ्नै निवासमा बोलाएर छलफल गर्ने भएका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन अफ नेपाल, वित्त नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्सले पटक पटक सरकारसँग सुरक्षाको माग गरिरहेका छन् । त्यसको सम्बोधनका लागि र बैंकरका कुरा सुन्नका लागि गृहमन्त्री श्रेष्ठले आफ्नै निवासमा बोलाएका हुन् ।
‘बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौति र समस्याहरुका बारेमा छलफल गर्नका लागि शुक्रबार साँझ ७ बजे गृहमन्त्री श्रेष्ठज्यूले बोलाउनु भएको छ,’ एक बैंकका सीईओले भने ।