नेपाल एसबिआई बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्ने

<p>काठमाडौं । नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल एसबिआई बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अन्तिम स्वीकृतिको लागी पेश गरेको छ । कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न यही असार १७ गते सेबोनमा स्वीकृतिको लागी पेश गरेको हो । ऋणपत्र [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल एसबिआई बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अन्तिम स्वीकृतिको लागी पेश गरेको छ ।

कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न यही असार १७ गते सेबोनमा स्वीकृतिको लागी पेश गरेको हो । ऋणपत्र निष्कासन गर्न बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीले आगामी १० वर्ष सम्मको लागी बार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले कूल कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागी र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

Share News