व्यास गुफामा नेपाल एसबिआई बैंकको सहयोग

<p>काठमाडौं। नेपाल एसबीआई बैंक, दमौली शाखाले व्यास नगरपालिका–३ स्थित व्यास गुफा परिसरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यको लागि आर्थिक सहयोग गरेको छ । बैंकले उक्त सहयोग वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालयमार्फत एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेको हो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका गण्डकी प्रदेश प्रमुख सुशील चन्द्र महतले उक्त रकम [&hellip;]</p>

काठमाडौं। नेपाल एसबीआई बैंक, दमौली शाखाले व्यास नगरपालिका–३ स्थित व्यास गुफा परिसरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यको लागि आर्थिक सहयोग गरेको छ । बैंकले उक्त सहयोग वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालयमार्फत एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका गण्डकी प्रदेश प्रमुख सुशील चन्द्र महतले उक्त रकम वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेको बैंकका शाखा प्रबन्धक दिवाकर भट्टले जानकारी दिए ।

बैंक दमौली शाखाका प्रबन्धक दिवाकर भट्टका अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ ।

सहयोग स्वरूप प्राप्त रकमलाई व्यास गुफामा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यमा प्रयोग गरिने वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबाले बताए ।

बैंकले हाल देशभरमा ९३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय २८ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

Share News