एनएमबि बैंकको अफर : अन्तर बैंक फण्ड ट्रान्सफर र डेबिट कार्डमा पैसा नलाग्ने

<p>काठमाडौं । एनएमबि बैंकले ग्राहकहरुका लागि दुई अफरहरू ल्याएको छ । अफरमा ग्राहकहरुले ईएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउने विश्वास बैंकको छ । [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले ग्राहकहरुका लागि दुई अफरहरू ल्याएको छ । अफरमा ग्राहकहरुले ईएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् ।

चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउने विश्वास बैंकको छ । सो अफर साउन मसान्तसम्म लागू हुने बैंकले जनाएको छ।

साथै, एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निस्शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Share News