काठमाडौं । आयुर्वेद चिकित्सालयले सटर भाडामा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको आयुर्वेद चिकित्सालयले नरदेवी, काठमाडौंमा रहेका ८ वटा सटर भाडामा दिने जनाएको छ ।
सोमबार एक सूचना प्रकाशित गरी यस चिकित्सालयको कम्पाउण्ड बाहिर रहेका ८ वटा सटर एकमुष्ठ रूपमा मासिक १ लाख २१ हजार ३३३ रुपैयाँमा भाडामा लगाउने जनाएको छ । सो सटरहरु २ वर्षका लागि भाडामा लगाउने भएको हो ।
इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूले १५ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न चिकित्सालयले आग्रह गरेको छ ।