काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बैंकले किसानलाई सस्तोमा खेती कर्जा दिने बताएका छन् । शुक्रबार एनएमबि खेती कर्जा योजना सार्वजनिक गर्ने क्रममा बोल्दै सीईओ केसीले कृषि कर्जाको आधार दरमा थप ०.५ प्रतिशत मात्रै प्रिमियम लिएर खेती कर्जा दिने बताएका हुन् ।
‘यो प्रडक्टमा आधार दरमा ०.५ प्रतिशतमा कर्जा उपलब्ध गराउँछौं, अन्य कृषि कर्जामा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम लिने व्यवस्था हुनुपर्छ,’ उनले भने ।
नेपालमा कृषि सम्बन्धि कर्जामा बैंकले माइल स्टोनको रुपमा काम गर्ने बताउँदै सीईओ केसीले नेपालको बैकिङ इतिहासमा ‘एनएमबि खेती कर्जा’ फरक किसिमको प्रडक्ट रहेको बताए ।
उनले कृषि, उर्जा र साना उद्यमलाई बैंकले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।
‘बैंकले ६ सय अर्ब लगानी कृषिमा गरेका छन्, बैंकले कृषिमा लगानी गर्न खोज्दा प्रोजेक्ट पाउन सकेका छैनन्, कृषि कर्जा लिन सक्ने ग्राहकको खोजीमा बैंकरहरु रहेका छन्,’ उनले भने ।
सीईओ केसीका अनुसार पछिल्लो समय बजारमा तरलता सहज भएको छ ।