पशुपति विकास कोषका पूर्व सदस्य सचिव ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

<p>काठमाडौं । पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा. पदीप ढकाल विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आज विशेष अदालत काठमाडौंमा डा. ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् । आयोगले ढकालमाथि १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको [&hellip;]</p>

काठमाडौं । पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा. पदीप ढकाल विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आज विशेष अदालत काठमाडौंमा डा. ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

आयोगले ढकालमाथि १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । ढकाल २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव भएको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको आयोगले जनाएको छ ।

Share News