काठमाडौं । एनएमबि बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा रहेका देशभरीका विभिन्न ३६ स्थानमा रहेका घरजग्गा लिलामी गर्ने भएको हो ।
बैंकले सिरहा, झापा, भक्तपुर, धनकुटा, मोरङ्ग, उदयपुर, सुनसरी, दैलेख, बर्दिया, ताप्लेजुङ्ग, नवलपरास (बर्दाघाट सुस्ता पश्चिम) काठमाडौं, सप्तरी, तनहुँ, इलाम, कञ्चनपुर, रुपन्देही, बारा र मकवानपुर जिल्लाका विभिन्न ३६ स्थानमा रहेको घरजग्गा बिक्री गर्ने भएको हो
बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।
