सदरमुकाम जोड्ने सभाखोला पुल खतरामा

<p>खाँदबारी । एकसाता अघि गएको बाढीले संखुवासभा सदरमुकाम खाँदबारी जोड्ने सभाखोलाको पुल खतरामा परेको छ । सभाखोलाको दायाँबायाँ दुई किलोमिटरसम्म ३० मिटर बालुवा थुप्रिएपछि पुल खतरामा परेको हो । पुलभन्दा ३० मिटर गहिराइमा रहेको सभाखोला अहिले पाँच फिट तलबाट बग्न सुरु गरेको छ । पुलमा खतरा बढेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारले बालुवा झिकेर खोला फर्काउने [&hellip;]</p>

फाइल फाेटाे

खाँदबारी । एकसाता अघि गएको बाढीले संखुवासभा सदरमुकाम खाँदबारी जोड्ने सभाखोलाको पुल खतरामा परेको छ । सभाखोलाको दायाँबायाँ दुई किलोमिटरसम्म ३० मिटर बालुवा थुप्रिएपछि पुल खतरामा परेको हो । पुलभन्दा ३० मिटर गहिराइमा रहेको सभाखोला अहिले पाँच फिट तलबाट बग्न सुरु गरेको छ ।

पुलमा खतरा बढेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारले बालुवा झिकेर खोला फर्काउने प्रयास गरिरहेको संखसवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । असार २ गते हेवा खोलामा आएको बाढीले बालुवा थुपारेपछि पुल भत्कने अवस्था  सिर्जना भएको हो  ।

बाढी आएको हेवाखोला सभाखोलामा आएर मिसिन्छ । बाढीले छ मेगावाटको निर्माणाधिन सुपरहेँवा हाइड्रोपावरका १८ मजदुर बेपत्ता पारेको थियो । ती मजदुरको अवस्था अझै अज्ञात छ । रासस

Share News