सनराइज बैंकले अंगभंग भएका व्यक्तिलाई कृतिम अंग प्रदान गर्नको लागि दियो २ लाख रुपैयाँ

<p>काठमाडौं । सनराइज बैंकले मदेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ । वीरगंजमा बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई २ लाख ७५ हजार रुपैयाँको चेक [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले मदेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ ।

वीरगंजमा बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई २ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो । कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।

Share News