खराब कर्जा ३ प्रतिशत तल झार्ने बैंकहरुको रणनीति, फाइनान्सको १० प्रतिशत नजिक

<p>काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम त्रैमास सकिन एक महिना पनि बाँकी छैन । बैंक तथा वित्तीय संस्थाहरु ऋण असुलीको प्रयासमा लागि रहेका छन् । याे वर्ष राम्रो नाफा बुक गर्ने रणनीतिका साथ बैंकरहरु रिकभरीको रणनीतिमा लागेका हुन् । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता अभाव भएपनि पछिल्लो समय बैंकमा प्रयाप्त मात्रामा तरलता छ । तर, [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम त्रैमास सकिन एक महिना पनि बाँकी छैन । बैंक तथा वित्तीय संस्थाहरु ऋण असुलीको प्रयासमा लागि रहेका छन् । याे वर्ष राम्रो नाफा बुक गर्ने रणनीतिका साथ बैंकरहरु रिकभरीको रणनीतिमा लागेका हुन् ।

बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता अभाव भएपनि पछिल्लो समय बैंकमा प्रयाप्त मात्रामा तरलता छ । तर, खराब कर्जा भने केही बढेको देखिन्छ । असार मसान्तसम्म ३ प्रतिशत तल झार्ने रणनीतिमा बैंकर लागेका छन् ।

अहिलेकै स्थिति भएमा बैंकहरुको खराब कर्जा साढे ३ प्रतिशतसम्म पुग्न सक्ने अनुमान भइरहे पनि पछिल्लो समय भने तीन प्रतिशत तल खराब कर्जा झार्ने रणनीतिमा बैंकर लागेका हुन् ।

माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिृकत सर्जुकुमार थापाले बैंकको खराब कर्जा तीन प्रतिशत कम हुन सक्ने बताए । उनका अनुसार अघिल्ला त्रैमासको तुलनामा अन्तिम त्रैमासमा रिकभरी राम्रै भइरहेको छ । तर, सन्तोषजनक भने अझै नभएको उनको भनाइ छ ।

‘अहिले सबै बैैंकले रिकभरीलाई जोड दिइरहेका छन्, कर्जाको माग छैन, रिकभरीलाई बढाएर जसरी भएपनि खराब कर्जा कम गर्ने बैंकरको रणनीति छ, यसअघि असार मसान्तसम्म साढे तीन प्रतिशत खराब कर्जा पुग्ने अनुमान भएपनि अब तीन प्रतिशत कम हुन्छ कि भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।

सन्तोषजनक रिकभरी नहुँदा प्रोभिजनिङ पनि बढ्ने अनुमान भने बैंकरहरुको छ । सकेसम्म कर्जा असुलीमा ध्यान दिएर अन्तिम त्रैमासमा बढी नै नाफा गर्ने योजना अधिकांश बैंकहरुको हुन्छ । तर, व्यवसायमा खासै राम्रो प्रगति नभएको कारण ऋण असुली हुन सकेको छैन ।

त्यसको असर खराब कर्जामा देखिएको छ । हाल वाणिज्य बैंकको खराब कर्जा ३.२३ प्रतिशत हारहारीमा छ । असारमा राम्रो रिकभरी हुन सकेन भने साढे तीन प्रतिशत पुग्ने निश्चित छ ।

बैंकहरुको खराब कर्जा तीन प्रतिशत तल झार्ने रणनीति भए पनि वित्तीय संस्थाहरुको भने १० प्रतिशत पुग्ने अनुमान गरिएको छ । हाल वित्तीय संस्थाको खराब कर्जा ८.१९ प्रतिशतको हाराहारीमा छ ।

८ वर्ष यताकै उच्च

बैंकहरुको खराब कर्जा ८ वर्ष यताकै उच्च बिन्दुमा छ । २०७२ मा २.४९ प्रतिशत रहेको वाणिज्य बैंकको खराब कर्जा अहिले बढेर साढे तीन प्रतिशतको नजिक पुगेको छ । चालू आवको चैत मसान्तसम्म बैंकहरुको खराब कर्जा ३.२३ प्रतिशत छ ।

यस्तै, वित्तीय कम्पनीहरुको खराब कर्जा पनि पछिल्लो पाँच वर्षको तुलनामा उच्च छ । २०७५ मा १० प्रतिशतको हाराहारीमा रहेको वित्तीय संस्थाहरुको खराब कर्जा अहिले ८.१९ प्रतिशत छ ।

यस्तो छ पछिल्लो ८ वर्षको खराब कर्जा

Share News