काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले आज असार ७ गते सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा बजारमा आफ्नो एघारौं शाखा विस्तार गरेको छ ।
आज एक औपचारीक कार्यक्रमका बिच शाखाको उद्घाटन उक्त कार्यक्रमको प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतो र सभापतित्व संस्थाका संचालक दुर्गा थापाले संयुक्त रुपमा गरे ।
उक्त कार्यक्रममा धनगढीमाई, कसहा बजार समितिका अध्यक्ष, अस्थायी प्रहरी पोष्ट कसहाका प्रमुख, समाजसेवी, बुद्धिजिवि लगायत अन्य व्यक्तित्वहरु अतिथिको रुपमा रहेका थिए ।
संस्थाको तर्फबाट आफ्नो कुरा राख्दै नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा, धनगढीमाई न.पा. वडा नं. ६, ७ र ८ का वडा अध्यक्षहरु क्रमशः भगलु महतो, विजय कुमार महतो र रामभरोस महतो , कसहा बजार समितिका अध्यक्ष धर्मनाथ महत्तो, समाजसेवी तथा वुद्धिजिवी गणपित यादव, राम प्रसाद महत्तो, गंगा यादव, राजकुमार महतो, विष्णु न्यौपाने, विवेक महतो, दिपेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो ।
उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल एघार वटा पुगेको छ । संस्थाले भोली सुनसरीको मधुवनमा अर्को एक शाखा तथा अर्को हप्ता कपिलवस्तुको खरेन्द्रपुरमा थप एक शाखा संचालनमा ल्याई यो आवमा कुल शाखा संख्या १३ वटा पुर्याउने योजना रहेको जनाएको छ ।