एनएमबि बैंकले ल्यायो ‘वि च्याट पे’, चिनियाँ पर्यटकले अब सजिलै भुक्तानी गर्न सक्ने

<p>पोखरा । एनएमबि बैंकले बाह्य पर्यटकलाई डिजिटल माध्यमबाट सहज सेवा पुर्&#x200d;याउन ‘वि च्याट पे’ सेवा सुरु गरेको छ । चिनियाँ पर्यटकलाई लक्षित गर्दै बिहीबारदेखि ‘वि च्याट पे’को क्यूआर कोड सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ । वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका [&hellip;]</p>

पोखरा । एनएमबि बैंकले बाह्य पर्यटकलाई डिजिटल माध्यमबाट सहज सेवा पुर्‍याउन ‘वि च्याट पे’ सेवा सुरु गरेको छ । चिनियाँ पर्यटकलाई लक्षित गर्दै बिहीबारदेखि ‘वि च्याट पे’को क्यूआर कोड सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका संचालक श्योगेन्द्र लाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी लगायत नेपाली र चिनियाँ अधिकारीहरुको उपस्थितिमा लेकसाईड पोखरामा एक समारोह बीच सम्पन्न भएको छ ।

‘वि च्याट पे’ नेपालमा सुरु भएसँगै नेपाल आएका चिनियाँ पर्यटकले भुक्तानी गर्नुपरेमा ‘क्यूआर कोड’ स्क्यान गरी ‘वि च्याट वालेट’ बाट भुक्तानी गर्न सक्नेछन् । यसले व्यवसायलाई अवसरको बाटो खोलेको नेपालका लागि चिनियाँ राजदूत छेन सोङले बताए ।

एनएमबिले ‘वि च्याट पे’ सेवा विस्तार गरेसँगै नेपाल-चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । यस्तै, सेवा विस्तारसँगै तथ्यांक सुरक्षा चुनौती रहेको उनको भनाइ छ ।

यो साझेदारीले वीच्याटमार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ । अब आगन्तुकहरूले आफ्नो डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त एनएमबि बैंक मार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Share News