४ प्रतिशतमा झर्यो अन्तर बैंकदर, बैंकमा थुप्रिन थाल्यो पैसा

<p>काठमाडौं । बैंकहरुले एक आपससँग सापट लिने कर्जा (अन्तर बैंक) को ब्याजदर ४ प्रतिशतको हाराहारीमा कायम भएको छ । यसअघि ७ प्रतिशतको हाराकारी रहेको अन्तर बैंक ब्याजदर हाल ४.०१ प्रतिशत कायम भएको हो । यस्तै, बिहीबारसम्म निक्षेप ५५ खर्ब ६७ अर्ब कायम भएको छ भने कर्जा ४८ खर्ब ५६ अर्ब रुपैयाँ भएको छ । लामो समय [&hellip;]</p>

काठमाडौं । बैंकहरुले एक आपससँग सापट लिने कर्जा (अन्तर बैंक) को ब्याजदर ४ प्रतिशतको हाराहारीमा कायम भएको छ । यसअघि ७ प्रतिशतको हाराकारी रहेको अन्तर बैंक ब्याजदर हाल ४.०१ प्रतिशत कायम भएको हो ।

यस्तै, बिहीबारसम्म निक्षेप ५५ खर्ब ६७ अर्ब कायम भएको छ भने कर्जा ४८ खर्ब ५६ अर्ब रुपैयाँ भएको छ । लामो समय तरलताको समस्या भोगिरहेको बैंकिङ क्षेत्रमा केही सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले बैंकका महत्वपूर्ण सूचकहरु सुधारको गतिमा देखिएका हुन् ।

पछिल्लो समय प्रणालीमा निक्षेप बढेसँगै बैंकहरु सहज अवस्थामा पुगेका हुन् । तरलता अभावकै कारण बैंकहरुले लामो समय ब्याज बढाउनु पर्ने बाध्यता थियो भने व्यवसायीले पनि कर्जा नपाइरहेको अवस्था थियो । तर, पछिल्लो केही तथ्यांकले भने बैंकहरु सहज अवस्थामा पुगेका हुन् ।

यसअघि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा थियो । तर, पछिल्लो समय बैंकको सीडी रेसियो ८३.९९ प्रतिशत कायम भएको छ । बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता हुँदा बैंकहरुले ब्याजदर पनि घटाउन थालेका छन् । असारमा बैंकहरुले सस्तोमै कर्जा लगानी गर्न थालेका छन् । बैंकबाट कर्जाको माग पनि विस्तारै बढ्न थालेको छ ।

Share News