डा. सन्दुक रुइतले प्राप्त गरेको इसा अवार्डमा कर छुट दिने सरकारको निर्णय

<p>काठमाडौं । आंखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्राप्त गरेको प्रतिष्ठित इसा अवार्डमा कर छुट दिने सरकारले निर्णय गरेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै डा. रुइतले प्राप्त गरेको १० लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) बराबरको अवार्डमा कर छुट दिने निर्णय गरेको हो । सरकारले सो निर्णय गत फागुन ११ गते [&hellip;]</p>

काठमाडौं । आंखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्राप्त गरेको प्रतिष्ठित इसा अवार्डमा कर छुट दिने सरकारले निर्णय गरेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै डा. रुइतले प्राप्त गरेको १० लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) बराबरको अवार्डमा कर छुट दिने निर्णय गरेको हो ।

सरकारले सो निर्णय गत फागुन ११ गते गरेको थियो । तर, आधिकारिक सूचना भने सोमबार मात्रै प्रकाशन गरेको हो । गत माघ ३ गते बहराइनको तर्फबाट प्रदान गरिने प्रतिष्ठित इसा अवार्डको पाँचौ संस्करण डा. रुइत दिने घोषणा गरिएको थियो भने फागुन ९ गते उक्त अवार्ड प्रदान गरिएको थियो ।

Share News