काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको नवौं शाखाको रुपमा शाखा कार्यालय गैर, सर्लाहीको समुद्घाटन भएको छ । साेमबार कविलासी नगरपालिकाका मेयर ब्रहम देव राय र समृद्धि फाईनान्सका संस्थापक संचालक सुजन अधिकारीले संयुक्त रुपमा उक्त शाखाको उद्धघाटन गरे ।
फाइनान्सको शाखा प्रबन्धक रामहरि निरौलाले संचालन गरेको उक्त कार्यक्रम संस्थाका संचालक सुजन अधिकारीको सभापतित्वमा कविलासी नगरपालिकाको मेयर प्रमुख अतिथि, नगरपालिकाको उपमेयर पुनम कर्ण र नेपाल सरकारको भूतपूर्व सहकारी अधिकृत तथा राजश्री बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक प्रमुख रामलक्ष्यण राय विशिष्ट अतिथि रहेका थिए ।
उक्त कार्यक्रममा मेयर ब्रहम देव रायले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिङ्खकारोबार गर्न यहाँका स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अव सो समस्याबाट यहाँका वासिन्दाले मुक्ती पा्ई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गरे ।
कार्यक्रममा उपमेयर पुनम कर्णले यस ठाउँमा रहेको जनता अधिकांस कृषकहरु रहेको तथा उनीहरु कतिपयलाई कसरी वैकिङ्ख सेवा लिने सो सम्बन्धमा जानकारी समेत नभएकोले कर्मचारीहरुले सो मा थप सहजीकरण गरि कुरा वुझाएर वैकिङ्ख दायरमा ल्याई वैकिङ्ख सेवा दिई विश्वासिलो ढंगले कार्य गर्न सुझाउँदै संस्थाको प्रगतिको शुभकामना दिए ।
उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल नौ वटा पुगेको छ । संस्थाले यसै हप्ता थप ३ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।