आइजीआई प्रुडेन्सियल र किष्ट शिक्षण अस्पतालबीच क्यासलेस सेवा सम्झौता

<p>काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा.अभिशेक थापाले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म [&hellip;]</p>

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा.अभिशेक थापाले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म किष्ट शिक्षण अस्पतालबाट क्यासलेस हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले किष्ट शिक्षण अस्पतालले आफना ग्राहकलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गर्ने  बताए ।

त्यस्तै, अस्पतालसँग बीमालेखको सिमासम्म क्यासलेस हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

Share News